१५ चैत्र २०८०, बिहिबार
Header

सांसद प्रमोद साहद्वारा विमानस्थलमा तोडफोड, साहलाई कार्वाहीको माग


प्रकाशित: सोमबार, २७ असोज २०७६, १९ः३० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले जनकपुर विमानस्थलमा तोडफोड गरेका छन । 


सांसद साहले विमानस्थलमा बुद्ध एयरको विमानले उडानमा ढिला गरेको भन्दै बुद्ध एयरको काउन्टर तोडफोड गरेको हो । 


साहले जनकपुर विमास्थलस्थित भीआइपी क्षेत्रमा समेत तोडफोड गरेका हुन । उनले कर्मचारीहरुमाथि पनि अभद्र व्यवहार गरेको विमानस्थले स्रोतले बताएको छ । 


सांसद साहको उक्त व्यवहारप्रति दुःख व्यक्त गर्दै गैरकानुनी भएको नागरिक उड्यान प्राधिकरण स्रोतको भनाई छ । 


यता सांसद साहले भने एक बृद्ध विरामी उपचारका लागि काठमाडौं आउन लागेको र उनका अवस्था निकै नाजुक रहेको तथा थरथर कामिरहेको देखेपछि आफू आक्रोशित भई तोडफोड गरेको बताएको छ । 


सर्लाही क्षेत्र नम्बर–१ का प्रत्यक्ष निर्वाचित सांसद शाहले बिहान ११ः३० बजेको बुद्ध एयरको विमान दिउँसो डेढ बजेसम्म नआएको बताएका थिए ।

 

यता निजी क्षेत्रमा विमान सञ्चालकहरुले साहलाई अविलम्ब कार्वाही गर्नुपर्ने माग गरेका छन । उनीहरुले ७ दिनभित्र सांसद साहलाई कावाही नगरे उडा बन्द गर्ने वायुसेवा सञ्चालक संघ (आयोन)ले चेतावनी दिएको छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD