८ भाद्र २०८३, सोमबार
Header

सांसद जीवनराम श्रेष्ठद्धारा कोरिया जाने खेलाडी तथा कोचलाई विदाई


प्रकाशित: मंगलवार, २८ फागुन २०७५, १९ः२० बजे
- महानगरखबर

काठमाडौं । सांसद जीवनराम श्रेष्ठले कोरियामा हुने २८औं एशियन अल्पाईन चिल्ड्रेन प्रतियोगिता मा सहभागीता जनाउने खेलाडी तथा कोचहरुलाई मंगलवार विदाई गरेका छन । 


कोरियाको अल्पेनसिया स्की रिसोर्ट, अन्पेनसिया, गान्गुन प्रोभिन्स कोरियमा २०१९ मार्च १६—१७ मा कोरियन स्की संघले आयोजना गर्ने सो प्रतियोगितमा सहभागी खेलाडी तथा कोचहरुलाई विदाई गरिएको हो । 


नेपाल ओलम्पिक कमिटी, नेपाल स्की संघका अध्यक्ष समेत रहेको सांसद श्रेष्ठले प्रतियोगिता प्रतियोगितामा सहभागी हुने खेलाडीहरु दिनेश कुमार बोहरा, उमङ्ग रन्जित, लक्ष्मी राई, पलिशा बज्रचार्या तथा कोच∕टिम म्यानेजर प्रविन कर्माचार्या लाई विदाई गरेको थियो । 


सांसद श्रेष्ठले खेलाडीहरुलाई शान्ती तथा धैर्यका साथ खेल खेल्न र मौकाको सदुपयोग गर्न सुझाव दिएका छन ।  


सो उक्त विदाई कार्यक्रममा नेपाल स्की संघका महासचिव विजय श्रेष्ठ, कोषध्यक्ष जितेन्द्र श्रेष्ठ, सचिव बसन्त राज कार्की तथा सदस्यहरुमा अर्जुन महर्जन र शान्त माया परियारको उपस्थिती रहेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex