२० बैशाख २०८१, बिहिबार
Header

सांसद खड्काले कब्जा गरेका नेपाल स्काउटको जग्गा र भवन सिल गरिँदै


प्रकाशित: विहिवार,६ वैशाख २०८१, २०ः५० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेस नेता तथा सांसद दीपक खड्काले कब्जामा लिएको नेपाल स्काउटको जग्गा र भवन प्रशासनको टोलीले सिल गर्न पुगेको छ । 


स्वयंसेवी संस्था नेपाल स्काउट केन्द्रीय कार्यालयको जग्गा र भवन सिल गर्न प्रशासनको टोली बिहीबार परिचालन भएको हो । 


केन्द्रीय कार्यालयको लैनचौरस्थित ३ रोपनी जग्गा सिल गर्न साँझ प्रहरीसहित प्रशासनको टोली र जनप्रतिनिधिहरू लैनचौर पुगेका हुन । 


सांसद खड्काले भाडामा लिएको स्काउटको जग्गा बाहेक आसपासमा थप ९ रोपनी जग्गासमेत हडपेर गैरकानुनी ढंगबाट १५ वर्षदेखि अन्य व्यापारिक संस्थालाई दिएर भाडा असुलिरहेका सार्वजनिक भएपछि प्रशासनले कार्वाही प्रक्रिया अघि बढाएको हो । 


यस अघि स्काउटको सम्पत्ति खाली गर्न अदालतले आदेश दिँदा पनि उनलाई सरकारले हटाउन सकेको थिएन ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD