९ भाद्र २०८३, मंगलबार
Header

सांसदहरुले संसदको भौतिक सम्पत्ति तोडफोड गरे क्षतिपुर्ति सहित निलम्बन गरिने 


प्रकाशित: विहिवार, १९ माघ २०७९, १९ः३० बजे
- महानगरखवर

काठमाडौं । सांसदहरुले कुनै कारणबस संसदको भौतिक सम्पती तोडफोड गरे क्षतिपूर्ति ब्योहर्नु पर्नेछ ।


संसदबाट हुने अमर्यादित, संसदीय अनुसान तोड्ने लगायतलाई नियमन गर्न नियामावली मस्यौता समितिले काम गरिरहेको छ । 


सो नियामावली निर्माणको लागि माघ १० गते गठित समितिले मस्यौदा लेखन कार्य गरिरहेको संघीय संसद सचिवालयका प्रवक्ता एवं प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सचिव एकराम गिरीले बताएका छन ।


नियामवली मस्यौदामा प्रतिनिधिसभा बैठक कक्षमा शान्ति, सुव्यवस्था कायम गर्नु प्रत्येक सांसदको कर्तव्य हुनेछ । कुनै पनि सांसदले अनुशासन भंग गरेमा, गर्न लागेमा, सभाको प्रतिष्ठामा आँच आउने किसिमले बैठक कक्षभित्र ध्वंसात्मक कार्य गरेमा, बल प्रयोग गरेमा वा गर्न लागेमा, कुनै भौतिक हानी नोक्सानी पुर्‍याएमा सभामुखले बैठक कक्षबाट तत्काल निष्कासन गर्न मर्यादापालकलाई आदेश दिन सक्नेछन ।


‘यसरी निष्कासित सांसदलाई सभामुखले बढीमा पन्ध्र दिनसम्म निलम्बन गरी क्षति भएको भौतिक सामग्रीको क्षतिपूर्ति निजबाटै भराउने आदेश दिन सक्नेछ’ नियमावलीको मस्यौदामा उल्लेख छ ।


सभामुखले कारबाहीको आदेश दिनुभन्दा अगाडि सम्बन्धित सदस्यलाई आफ्नो सफाइ पेश गर्ने मौका दिनुपर्ने व्यवस्था नियमावलीमा राखिएको छ । 


विगतमा सांसदहरुले संसद बैठकस्थलमा कुर्सी र माइक फोडेको घट्नाक्रम छ ।  

asteriskhubs
Home Page Bottom Second


maharjan complex