काठमाडौं । प्रतिनिधिसभाका जेष्ठ सांसद पशुपतिशमशेर जवराले राष्ट्रपति विद्यादेवी भण्डरीसमक्ष सपथ लिएका छन ।
सांसद जवरालाई बुधवार राष्ट्रपति भण्डारीले पद तथा गोपनीयताको सपथ गराएकी हुन ।
प्रतिनिसभाका सांसदहरुलाई जेष्ठ सदस्यले सपथ ग्रहण गराउने परम्परा अनुसार जवराले सपथ लिएका हुन ।
भोली १ बजे (विहिवार) बानेश्वरस्थित संसद भवनमा मंसिर ४ गते निर्वाचित २७५ सांसदलाई सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।
Categorized in राष्ट्रिय