१२ बैशाख २०८१, बुधबार
Header

साँखुमा जीप र मोटरसाईकल ठोक्किँदा एकको मृत्यु


प्रकाशित: मंगलवार, २९ पुष २०७६, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको साँखुमा एक जीप र मोटरसाईकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 


साँखु सडक खण्डमा भएको सो दुर्घट्नमा मोटरसाइकल चालक सिन्धुपाल्चोक थाङपाल गाउँपालिका–७ घर भई काठमाडौं गोकर्णेश्‍वर नगरपालिका दक्षिण ढोका बस्ने २२ वर्षीय शीव सुनुवारको मृत्यु भएको छ । 


मंगलबार शंखरापुर नगरपालिका–६ साँखुस्थित सडकमा बा.१६ च ८७७० नम्बरको जीप,  बा.६४ प ६८०९ नम्बरको मोटरसाइकल र भारतीय नम्बर प्लेटको बीआर ०६ पीडी ४०५९ नम्बरको जीप एकआपसमा ठोक्किएको थियो । 


सुनवारको शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनमा परी मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय सागर श्रेष्ठ घाइते भएका  । 


प्रहरीले दुवै जिपको चालकहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD