४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

सहिद दिवशको विदालाई लिएर केन्द्र र प्रदेश सरकारविच अन्यौल, काठमाडौं महानगरले विदा दिने


प्रकाशित: मंगलवार, १५ माघ २०७५, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । सहिद सप्ताह अन्तर्गत भोली (बुधवार) प्रदेश ३ मा सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णयलाई लिएर केन्द्र र प्रदेश सरकारविच अन्यौल देखिएको छ । 


प्रदेश सरकारले यस अघिनै विदा दिने निर्णय गरेपनि केन्द्र सरकारले भने विदाबारे जानकारी नभएको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण श्रेष्ठले बताए ।  


केन्द्र सरकारले प्रदेश सरकारले गरेको विदालाई लागु गर्ने नगर्ने जानकारी नभएको प्रवक्ता श्रेष्ठले अनभिज्ञता प्रकट गरे । 


प्रदेश सरकारका गृहमन्त्री शालिकमराम जमरकट्टेलका अनुसार विदा निर्णयबारे केन्द्र सरकारलाई औपचारिक रुपमै जानकारी गराएको र भोली प्रदेश अन्तर्गतका कार्यलयहरु बन्द हुनेछ ।  


काठमाडौं महानगरपालिकाले प्रदेश सरकारले भोली दिने विदा अनुसार महानगरले पनि विदाको निर्णय गरेकोले महानगर अन्तर्गतका कार्यलयहरु बन्द हुने महानगर प्रवक्ता ईश्वरमान डंगोलले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex