६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सहलहः बचतको १३ बार्षिक साधारणसभा सम्पन्न


प्रकाशित: सोमवार, १८ असोज २०७८, १५ः०० बजे
- केडिआर

काठमाडौं । सहलहः बचत तथा ऋण सहकारी संस्थाको शनिवार १३ बार्षिक साधारणसभा सम्पन्न भएको छ । 


काठमाडौं गोल्कोपाखास्थित कार्यलयमा आयोजित सभामा संस्थाले प्रस्तुत गरेका विभिन्न विषय प्रस्तावलाई अनुमोदन गरेको छ । 


सभाले संचालकको तथा लेखा समितिको प्रतिवेदन, आ.व. २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदनसहितको वितिय विवरण, आ.व. २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्ती तथा निजको पारिश्रमिक तोक्ने प्रस्तावलाई पारित गरेको छ ।


त्यसैगरी आ.व. २०७८/०७९ का लागि प्रस्तावित बजेट तथा नीति एंव कार्यक्रमहरुको अनुमोदन गर्ने, विनिमय संशोधन, आन्तरिक कार्यविधि पारित गर्ने, साधारण सभाको निर्णय पुस्तिकामा प्रमाणित हस्ताक्षर गर्ने प्रतिनिधि नियुक्ती गर्ने प्रस्तावलाई सभाले अनुमोदन गरेको संस्थाले जनाएको छ । 


सभामा संस्थाले आ.ब. २०७७/७८ को वासलात प्रस्तुत गरेका थिए । यस बर्ष संस्थाको शेयर पूँजी १ करोड ८ लाख ८५ हजार २ सय रुपियाँ, जगेडा तथा अन्य कोषहरु(नोक्सानी) ५७ लाख ५५२ रुपियाँ ८५ पैसा, जोखिम ब्योहर्ने कोष ७२ लाख २८ हजार १८७ रुपियाँ ५२ पैसा, आयकर व्यवस्था ३ लाख ४३ हजार ४६० रुपियाँ ४७ पैसा रहेको छ । 


त्यसैगरी निक्षेप १६ करोड ५३ लाख ३३ हजार ४४१ रुपियाँ ३३ पैसा, प्राप्त हुनु पर्ने व्याज ८ लाख ६५ हजार ६९३ रुपियाँ ७५ पैसा रहेको छ । 


संस्थाले १९ करोड ३८ लाख ९७ हजार ४७७ रुपियाँ ९८ पैसाको कुल कारोवार गरेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex