८ बैशाख २०८१, शनिबार
Header

सहकारी संस्थामा ७३ लाख बढि मानिस आवद्ध


प्रकाशित: सोमवार, २० पुष २०७७, १७ः२० बजे
- महानगरखवर

काठमाडौं । सहकारी विभागले देशभरका सहकारीबारे एक तथ्यांक संकलन गरेका छन ।


विभागले संकलन गरेको तथ्यांक अनुसार सहकारी संस्थामा ७३ लाख ७ हजार ४ सय ६२ जना आवद्ध रहेका छन । जसमा ५६ प्रतिशत महिला र ४४ प्रतिशत पुरुष सदस्य छन ।


विभागले २०७७ साउनदेखि कात्तिकसम्म सातै प्रदेशको स्थानीय तहहरुको सहकार्यमा अध्ययन गरेको थियो । देशभर २९ हजार ८ सय ८६ वटा सहकारी संस्था रहेका छन ।


त्यस्तै २० वटा विषयगत सहकारीका केन्द्रीय संघ, एउटा राष्ट्रिय सहकारी बैंक, एउटा राष्ट्रिय सहकारी महासंघ, ७० वटा जिल्ला सहकारी संघ र २४१ वटा विषयगत जिल्ला सहकारी संघहरू क्रियाशील रहेका छन ।


देशभरका सहकारीमा कुल शेयर पूँजी ९४ अर्ब १० करोड ५० लाख रहेको छ भने ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ वचत रहेको छ ।


सहकारीले ४ खर्ब २६ अर्ब २६ करोड २३ लाख रुपैयाँ लगानी गरेका छन । सहकारीले मुलुकभर ८८ हजार ३ सय ९ जनालाई प्रत्यक्ष रोजगारी पाएका छन ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD