१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

सहकारी लुटपाट गर्नेहरु पक्राउ


प्रकाशित: शनिवार, १३ असोज २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । गत भाद्र २८ गते सिरहामा सहकारीको रकम लुटपाट गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । 


हतियार देखाएर सिर्जना सामुदायिक सहकारी संस्थाका कर्मचारीको रकम लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ पर्नेमा भारत मधुवनी जिल्ला ग्रामपञ्चायत छतौना–२ निवासी २७ वर्षीय किशोरकुमार शर्मा, धनुषा विदेह नगरपालिका–१ निवासी २० वर्षीय नरेशकुमार ठाकुर, १९ वर्षीय रवीन्द्र ठाकुर, ठाडी झिझाका श्यामसुन्दर ठाकुर, कमला नगरपालिका–६ हतमुण्डाका १९ वर्षीय रमेशकुमार महतो, कमला नगरपालिका–८ हरिणे निवासी २७ वर्षीय शत्रुधन ठाकुर र धनुषाकै तारापट्टी गाउँपालिका–१ पुर्वारी टोल निवासी २२ वर्षीय चन्द्रशेखर यादव रहेका छन् । 


जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले उनीहरुलाई शुक्रवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको बताए । 


सिरहाको अर्नामा गाउँपालिकाबाट किस्ता रकम सङ्कलन गरी सदरमुकाम सिरहातर्फ आउँदै गरेका बेला सिरहा नगरपालिका–२२ सागरपुर नजिकै मैनावती नदी नजिकै सिर्जना सामुदायिक सहकारी संस्थाका दुई कर्मचारीलाई हतियार देखाएर यी अभियुक्तहरुले उनीहरूसँग भएको रु तीन लाख ९३ हजारसहित मोटरसाइकल लुटेर लगेका थिए । 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex