३ भाद्र २०८३, बुधबार
Header

सहकारी बोर्डको मापदण्ड विपरित संरचना ललितपुर महागरले भत्काए


प्रकाशित: आइतवार, २५ कात्तिक २०८१, १८ः५० बजे
- महानगरखवर

काठमाडौं । ललितपुर महानगरपालिकाले मापदण्ड विपरितर रहेको हरिहर भवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको कार्यालय रहेको संरचनामा डोजर लगाएको छ।


आइतबार महानगर प्रहरीको डोजरले कार्यालयको बाहिरी संरचना मापदण्डविपरीत रहेकाले भत्काएको महानगर प्रहरी प्रमुख सताराम हाछेथुले बताए ।

 
यस अघिनै बोर्डलाई २०७३ पुष १८ गते नै बाहिरी संरचना मापदण्डविपरीत रहेकाले भत्काउन महानगरले आदेश दिएको थियो तर बोर्ड अदालत गएको थियो ।


तीन वटै अदालतले महानगरको पक्षमा फैसला गरेको र आदेश कार्यान्वयन गर्नसमेत भनेको र महानगरप्रमुखको निर्देशनमा बोर्डको कार्यालय घेरिएको पर्खाल भत्काएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex