१६ बैशाख २०८१, आइतबार
Header

सहकारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा गुरागाई


प्रकाशित: बुधवार, ४ पुष २०७५, ०९ः४० बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा चाटर्ड एकाउन्टेन्ट बद्रीकुमार गुरागाई नियुक्त भएका छन् । 


बैंकको संचालक समितिले सहकारी क्षेत्रमा क्रियाशिल गुरागाईलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो । यस अघि बैंकको नायव महाप्रवन्धकका रुपमा कार्यरत थिए । 


गुरागाई हाल नेपाल चाटर्ड एकाउण्टेण्ट संस्थाअन्तर्गतको गुणस्तर अनुगमन बोर्डका सदस्यसमेत हुन । 


सदस्य सहकारी संघसंस्थाहरुको वित्तीय एबं गैह्रवित्तीय आवश्यकता पहिचान गरी त्यसको परिपूर्तिको लागि संस्थाका नीति तथा कार्यक्रम समयानुकुल परिमार्जन गर्दे आईरहेको विज्ञप्तिमा उल्लेख छ । 


बैंकमा हाल ७७ जिल्लाका १० हजार २ सयभन्दा बढी सहकारी संघसंस्थाहरु मार्फत करीब ३५ लाख ब्यक्तिहरू आबद्ध भइसकेका छन् ।  


बैंकले आर्थिक बर्ष ०७४÷०७५ सम्म आईपुग्दा  १ अर्ब २० करोड भन्दा बढी शेयर पुँजी तथा करिव २० अर्व निक्षेप संकलन गरी करिव १४ अर्व कर्जा लगानी गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD