काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ ।
आइडियल यमुना हाम्रो सहकारीका समेत अध्यक्ष रहेको उप्रेतीलाई बुधवार बालाजुबाट प्रहरीले सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरेको हो ।
अध्यक्ष उप्रेतीमाथि आइडियल यमुनाको ८ अर्ब रुपैयाँ बचत हिनामिना गरेको आरोपमा छ । उप्रेतीविरुद्ध ३० हजारभन्दा बढी बचतकर्ताको बचत हिनामिना गरेको आरोप रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
उप्रेती स्थापनाकालदेखि नै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष पदमा रहेका थिए भने उनी लामो समय सहकारी बैंकको प्रबन्धक थिए ।
यस्तै, उप्रेती यसअघि दुई कार्यकाल राष्ट्रिय सहकारी महासंघमा पनि लेखा समिति संयोजक थिए ।
Categorized in सहकारी