काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी छानबिन गर्ने भनाइको स्वागत गरेका छन ।
उनले प्रधानमन्त्री ‘प्रचण्ड’ ले सहकारी छानबिनको विषयमा समग्रमा छानबिनको विषयमा सकारात्मक धारणा आएको बताउँदै त्यसका लागि कांग्रेस सकरात्मक रहेको बताए ।
सोमवार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन । सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविन हुनु पर्ने नेपाली कांग्रेसको अडान भने जारी नै रहको बताए ।
वैशाख २८ गते संसद् बैठक हुनुअघि उक्त विषय सम्बोधन हुनेमा आफू विश्वस्त रहेको समेत सचेतक लेखकले बताए ।
कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने जोडिएको भन्दै संसदीय समिति गठन गरेर निष्पक्ष छानबिन गरिनुपर्ने बताउँदै आएको छ ।
Categorized in सहकारी