काठमाडौं । सत्तारुढ गठबन्धन दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहकारी ठगीका विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको छ ।
शनिवार प्रधानमन्त्री निवास बालुटारमा बसेको छलफलपछि संसदीय समिति गठनका विषयमा समाधान धारणा बनेको हो ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार समितिको कार्यादेश के हुने भन्ने विषयमा छलफल हुन बाँकी रहेको छ ।
संसदीय समितिको कार्यादेश बनाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र दलहरुको प्रतिनिधि संलग्न कार्यदलले काम गर्नेछ ।
Categorized in राष्ट्रिय