२५ माघ २०८१, शुक्रबार
Nepal Bank AD

सहकारी ठगी प्रकरणमा फरार रहेका १८ जनालाई स्वदेश झिकाउन गृहलाई पत्र


प्रकाशित: सोमवार, १४ साउन २०८१, १६ः१० बजे
- महानगरखवर

काठमाडौं । सहकारीको बचत ठगी गरी फरार रहेको १८ जनालाई स्वदेश झिकाउन सहकारी छानबिन गर्न गठित समितिले गृहमन्त्री रमेश लेखकलाई पत्रचार गरेको छ । 


सोमबार बसेको बैठकले गृहमन्त्री लेखकलाई विदेशमा रहेका १८ जनाको नाम उपलव्ध गराएको हो ।


समितिले कालिमाटी र पुल्चोकमा रहेको सुमेरू सहकारीका भरत महर्जन, उनकी श्रीमती राजमाया, छोरा सचिन र छोरी सरलाको नाम पनि समितिले गृहमन्त्री लेखकलाई बुझाएको हो । 


त्यस्तै सूर्यदर्शन सहकारी पोखराका अध्यक्ष रहिसकेका ज्ञानबहादुर बमजन, थानबहादुर मगर, भूपेन्द्र राई, तेजबहादुर बमजन तामाङको नाम पनि गृहमन्त्रीलाई बुझाइएको छ ।


इमेज सहकारी बागलुङका देवकुमार नेपाली र छेला नेपाली, सानो पाइलाको तस्बिरन खातुन र अश्रफ अलि, सहारा बचत तथा ऋण सहकारी चितवन र सुप्रिमसँग सम्बन्धित सुबास केसी, इमेजका प्रबन्धक व्यवस्थपक दिपक पौडेल, शिवशिखरका लिलानाथ गौतम, कान्तिपुर सेभिङका प्रेमध्वज लामा र मेघा ड्रिमका महाशंकर रेग्मीको नाम बुझाएको हो।


समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने गृहमन्त्री लेखकले प्रतिबद्धता व्यक्त गरेका छन । 

asteriskhubs
Home Page Bottom Second


Nepal Bank AD
maharjan complex