१२ श्रावण २०८१, शनिबार
Header

सहकारी ठगीविरुद्ध आज कांग्रेसको काठमाडौंमा प्रदर्शन


प्रकाशित: आइतवार, १३ जेठ २०८१, १०ः१२ बजे
- महानगरखवर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । 


आज आइतवार काठमाडौंको प्रदर्शनीमार्ग भृकुटीमण्डपमा खुला सभा गर्ने भएको छ ।


दिउँसो १ बजे प्रदर्शन सुरू हुने भएकोले काठमाडौंका तीनै जिल्लाबाट सहभागी हुने गरी उपत्यकाव्यापी प्रदर्शन गर्न लागिएको हो ।

 
सोका लागि काठमाडौंका १० क्षेत्र अनुसार क्रमशः उमेशजंग रायमाझी, सीता थपलिया ‘उर्मिला’, रंगमति शाही, कुन्दन काफ्ले, नैनसिंह महर, गुरु बराल, आङ्गेलु शेर्पा, अब्दुल सतार, डा डिला संग्रौला र प्रकाश स्नेहीलाई तोकिएको छ ।


ललितपुरका ३ क्षेत्रमा क्रमशः दिलमान पाख्रिन, देवेन्द्रराज कँडेल र अर्जुन जोशी प्रतिनिधि बनेका छन ।


त्यस्तै, भक्तपुरका २ क्षेत्रका लागि हरिशरण नेपाली र गणेश लामा प्रतिनिधि बनेका छन ।


सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको माग, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति लगायतका मुद्दा बनाएर सडक प्रदर्शन गर्ने निर्णय गरेको थियो ।


बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले निर्णय गरे अनुसार कांग्रेसले आजदेखि सडक प्रदर्शन सुरू गर्न लागेको हो।


सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन संसदबाट र सडकबाट पीडितको पक्षमा आवाज उठाउने भएको हो । 

asteriskhubs
Home Page Bottom Second


matribhasa patrakarita
nepal bhasa AD
chunikhel ad
maharjan complex