८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सहकारी कपमा सजिन महर्जनले जिते यामाहाको मोटरसाइकल 


प्रकाशित: आईतबार, २२ असार २०७६, ०८ः०० बजे
- महानगरखवर

काठमाडौं । ताम्रकार समाज र ललितपुर स्पोर्टस क्लबको संयुक्त आयोजनामा सञ्चािलत सातौं गणेशमान सिंह सहकारी कप बुद्धिचाल कप प्रतियोगिताको उपाधि जनता सोकोसका सजिन महर्जनले हात पारेका छन् । 


उनले शनिवार भएको फाइनल खेलमा गोल्डेनगेट ईन्टर नेशनल कलेजका मिलन लामालाई पराजित गरी उपाधि स्वरुप दुईलाख चारहजार बराबरको यामाहा मोटरसाइकल जितेका छन । 


बेष्ट अफ टुको आधारमा भएको फाइनल खेलको पहिलो खेलमा कालो गोटी लिएर सजिनले किङस् इन्डियन प्रणालीमा खेल सुरु गरेका थिए । २२ औं चालसम्म बराबरी रहेको खेलमा  मिलनले २३ औं चालमा सजिनले गरेको गल्तिको फाइदा उठाउन सकेन र आफुले गल्तिगर्न पुगे । त्यसको फाईदा उठाउदै सजिन मिलन माथि हावि भए । 


त्यसपछि मिलनलाई तिव्र दवावमा राखि खेल त्याग्न बाध्य पारे । त्यसैगरी दोस्रो खेलमा बराबरी गरेर उपाधि हात पार्ने अभियानमा रहेका सजिनले मिलनको हरेक आक्रमनलाई बिफल बनाई खेलको २२ औं चालमा सजिनले सिपाही एउटा फाईदा गरे र मिलनलाई दवाबमा पारे । खेलमा तल परेपछि मिलनले सजिनले ३३ औं चालमा बराबरीको प्रस्ताव गरे । जसलाई मिलनले सहर्ष स्वीकारे । प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेका उदियमान युवा खेलाडी मिलन लामाले दोस्रो स्थानमा रहेर रु ५० हजार हासिल गरे । 


त्यसैगरी पूर्व नेपाल च्याम्पियन शुभकामना साकोसका मदनकृष्ण कायस्थ तेस्रो स्थानमा रहे । उनले नगद ३० हजार पाए । उनले तेस्रो स्थानको लागी भएको खेलमा अर्थ साकोसका रिजेन राज भण्डारीलाई हराएका थिए । रिजेन्द्र चौथो स्थानमा रहेर २५ हजार नगद प्राप्त गरे ।


लिग कम नकआउटको आधारमा संचालन भएको खेलमा लिग तर्फको उपाधि नेपाल बुद्धिचाल संघले उपलब्ध गराएको छात्रवृत्तिमा रसियामा अध्यनरत अहिले बिदामा फर्केका फिडे मास्टर रुपेश जैशवालले हात पारी २५ हजार नगद पाउन सफल भए । उनले पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकारलाई निरास पारेका थिए ।


त्यस्तै विनिता कपालीले साढे ५ अंक जोडेर महिला तर्फको उपाधि जितिन् । उनले सप्तरीका सिंगेश्वर दाससंग बराबरी खेलिन् । उनले १० हजार नगद पाइन् ।


ललितपुर स्पोर्टस् क्लबका अध्यक्ष हेराकाजी महर्जनको सभापत्वमा भएको पुरस्कार तथा समापन समारोहमा प्रतिनिधि सभाका सदस्य एवं नेपाल ओलम्पिक कमितिका अध्यक्ष जीवनराम श्रेष्ठले बिजेता खेलाडीहरुलाई नगद पुरस्कार तथा ट्रफी प्रदान गरे । 


३७ जिल्लाका १०० जना खेलाडीहरु सहभागी भएको प्रतियाृगिता असार १६ गते देखि संचालन भएको थियो । सो अवसरमा फिडेका ईथिक्स कमिसनका सदस्य राजेहहरी जोशी, नेपाल बुद्धिचाल संघका अध्यक्ष एक राज श्रेष्ठ, ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज ताम्रकार, लगायतले बिजेता खेलाडीहरुलाई प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex