१३ बैशाख २०८१, बिहिबार
Header

सहकारीले १६ प्रतिशतमात्र ब्याज लिन पाउने


प्रकाशित: शुक्रवार, १७ साउन २०७६, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । सहकारी संस्थाले अबदेखि १६ प्रतिशतमात्र कर्जामा ब्याज लिने पाउने भएको छ ।


सहकारी विभागले शुक्रवार दिउँसो पत्रकार सम्मेलन गरेर सहकारीको कर्जा व्याजदर र निक्षेप ब्याजदरको सिमाबारे जानकारी दिने भएको छ । 


सन्दर्भ ब्याजदर निर्धारण समितिले सहकारी संस्थाहरुको निक्षेप र कर्जा दुवैको ब्याजदर तोके अनुसार सहकारी संस्थाहरुले कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन पाउने छैनन । 


यसअघि सहकारी संस्थाहरुले कर्जाको २५ प्रतिशतसम्म ब्याज लिने गरेका थिए । यसैगरी निक्षेपमा न्यूनतम १० प्रतिशत ब्याजदर तोकिएको छ । 


सहकारी संस्थाहरुले कर्जामा महंगो ब्याज लिएको भन्दै आलोचना हुन थालेपछि ब्याज निर्धारण समितिले सो निर्णय गरेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD