१६ चैत्र २०८०, शुक्रबार
Header

सहकारीले एक प्रतिशत मात्र सेवा शुल्क लिन पाउने


प्रकाशित: मंगलवार, २३ मंसिर २०७७, १९ः२० बजे
- महानगरखवर

काठमाडौं । सहकारी विभागले अब देखि सहकारी संस्थाहरुले सेवा शुल्क एक प्रतिशत मात्र लिन पाउने जनाएको छ । 


सहकारी संस्थाहरले सेवा शुल्क मनपरी लिन थालेपछि विभागले सेवा शुल्कको सिमा तोकेको हो । 


संस्थाहरुहरुले ब्याजदर १४.७५ प्रतिशत नै लिने तर सेवा शुल्क ५ प्रतिशतसम्म लिने गरेको पाइएपछि सेवा शुल्कमा समेत विभागले लगाम लगाइदिएको हो । 


माघ महिनादेखि सहकारी संस्थाहरुले सदस्यलाई प्रवाह गर्ने कर्जामा नियमानुसार सम्झौता वमोजिमको ब्याज रकम बाहेक अतिरिक्त शुल्क लिन पाउने छैनन । 


कर्जा प्रवाह गर्दा भने संस्थाको अतिरिक्त खर्च पर्ने अवस्था भई अतिरिक्त शुल्क नलिई नहुने भएमा ब्याज बाहेक अधिकतम १ प्रतिशतमा नबढ्ने गरी सेवा शुल्क लिन बाधा नपर्ने विभागले जनाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD