१३ बैशाख २०८१, बिहिबार
Header

सहकारीमा अख्तियारले छानविन गर्न पाउने कानुन बन्दै


प्रकाशित: मंगलवार, २४ असार २०७६, २०ः१० बजे
- महानगरखवर

काठमाडौं । सहकारी तथा बित्तीय संस्थाहरुमा पनि अख्तियारले छानविन गर्न पाउने कानुन बन्ने भएको छ । 


सरकारले सहकारीलगायतका बित्तीय संस्थाहरुलाई पनि अख्तियारको छानबिन गर्न सक्ने विधेयक स्वीकृत गरेको छ ।


मन्त्रिपरिषदको मंगलबार बिहान बसेको बैठकले अख्तियार सम्बन्धी बिधेयकलाई सैद्धान्तिक स्वीकृती दिएको हो ।


अख्तियारले वाणिज्य बैंकहरु बाहेक अन्य बित्तीय कारोबार गर्ने संस्थाहरु अख्तियारले छानविन गर्ने अधिकार छैन । सहकारीमा बित्तीय अपराधहरु धमाधम बढ्न थालेपछि सरकारले अख्तियायरको अधिकार क्षेत्र बढाएको हो ।


संसदबाट पारित भएमा सहकारी संस्थाहरुका कारोबार शंकास्पद भएमा वा उजुरी परेमा अख्तियारले छानविन गर्न पाउनेछ ।


यता सहकारी सन्चालकहरुले भने सहकारीको बित्तीय नियमावली आफ्नै भएकाले अख्तियारलाई प्रवेश नगराउन लबिङ गरिरहेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD