२६ बैशाख २०८१, बुधबार
Header

सहकारीबाट ल्याएको १५ लाख लुटपाट भएको बताउने पक्राउ


प्रकाशित: सोमबार, ४ भाद्र २०७५, १४ः०७ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौको न्यूरोडस्ति सहरकारीबाट १५ लाख झिकी लुटपाट भएको बताएको एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 
काठमाडौंको क्षेत्रपाटीस्थित नेपाल जेपिओ ट्रेडिङ प्रा.लि.नामको ओखर पसलमा काम गर्ने असगर अलीलाई प्रहरीले पक्राउ गरेको हो । उनले न्यूरोडस्थित बज्रयोगनी बहुउदेश्यीय सहकारी संस्थाबाट पसलको १५ लाख नगद झिकी आफै लुकाई लुटपाट भएको झुठो बयान दिएको प्रहरी अनुसन्धानपछि खुलेको हो । 


काठमाडौं महानगरपालिका–२२ ओटु बस्ने अलीलाई प्रहरीले पक्राउ गरी सोधपुछ गर्ने क्रममा रकम आफैले लुकाएको बयान दिएको थियो । 


उनले पैसा लिएर क्षेत्रपाटीतर्फ आउँदै गरेको अवस्थामा पल्सर मोटरसाइकलमा आएका २ जना अपरिचित ब्यक्तिहरुले धारिलो हतियार खुकुरी देखाई नियन्त्रणमा लिई स्वयम्भूको जंगलमा लगेर उक्त रकम लुटेको बताएका थिए ।

 
तर अनुसन्धानको क्रममा अलीले उक्त रकम लुटिएको भनि झुठो जानकारी गराएको खुल्न आएको र उनले काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित राजेश श्रेष्ठको घरको भ¥याङमुनि झोलाभित्र लुकाई राखेको अवस्थामा १५ लाख ३१ हजार ८ सय रुपैयाँ, चिनिया युआन १ सयको १ थान तथा १० को १ थान र सामसुङ मोवाइल १ थान समेत प्रहरीले बरामद गरेको छ । 


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD