२६ बैशाख २०८१, बुधबार
Header

सहकारीको मनपरी ब्याज असुलीप्रति सरकार कडा हुँदै


प्रकाशित: शुक्रवार, १३ बैशाख २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं ।  सहकारीको मनलागी ब्याज असुल्ने प्रबृति प्रति सरकार कडा हुने भएको छ । 


सहकारी संस्थाहरुको ब्याजदरलाई पनि नियमनका लागि सन्दर्भ ब्याजदर निर्धारण गरिने प्रक्रिया थालेको छ । 


सहकारी ऐन र नियमावलीको व्यवस्था बमोजिम राष्ट्रिय सहकारी विभागले सन्दर्भ ब्याजदर तोक्न गृहकार्य सुरु गरेको हो ।


पछिल्लो समय सहकारीले आफ्ना सदस्यहरुलाई चक्रीय ब्याजदर कायम गरेर उच्च ब्याज कायम गरी शोषण गरेको गुनसो बढेपछि सरकारले कडा कदम चल्ने भएको छ । 


सहकारीको सन्दर्भ ब्याजदर तोक्न बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय विषयगत संघमा आवद्ध संस्था तथा संघहरु, सहकारी बैंक र ‘क’ वर्गाका बैंक तथा वित्तीय संस्थाको औसत ब्याजदरलाई आधार बनाइनेछ ।


सरकारले सन्दर्भ ब्याजदर तोक्न रजिष्ट्रारको संयोजकत्वमा समिति निर्माण गरेर काम गर्ने बताएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD