१६ चैत्र २०८०, शुक्रबार
Header

सहकारीको ग्राहकले पनि डेबिट कार्ड पाउने


प्रकाशित: बुधवार, ७ पुस २०७८, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । सहकारी संस्थाका ग्राहकले पनि डेबिट पाउने भएको छ ।


बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहकारीको ग्राहकलाई सनराइज बैंकले कार्ड उपलब्ध गराउने भएको हो । 


बैंकले पायोनियर एसोसिएट्स, आइमार्क र नेपाल इलेक्ट्रिक पेमेन्ट सिस्टम (नेप्सं) सँगको सहकार्यमा सहकारी संस्थाका ग्राहकहरुलाई डेबिट कार्ड दिने भएको छ । 


सो अबरमा बैंकले सहकारी संस्थाका ग्राहकहरुलाई दिने डेबिट कार्डको नमूना सार्वजनिक गरेको छ । बैंकले पहिलो चरणमा कार्ड जारी गर्ने विभिन्न चारवटा सहकारी संस्थाहरुसँग सम्झौता गरिसकेको जनाएको छ । 


यस परियोजनाअन्तर्गत जारी हुने कार्डमार्फत हुने कारोबारको लागि सनराइजले सेटलमेन्ट बैंकको भूमिका निर्वाह गर्नेछ । 


जारी हुने डेबिट कार्डहरु सम्बन्धित सहकारी संस्थामा रहेको कार्डबाहकको खातामा सोझै लिंक हुनेछ । सहकारी संस्थाहरुलाई जारी गरिने डेबिट कार्डको सुरक्षा तथा प्रयोगको हकमा हाल जारी भइरहेका कार्डभन्दा फरक नहुने बैंकले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD