१६ बैशाख २०८१, आइतबार
Header

सहकारीको ऋण चुक्ता गर्न महानगरको आग्रह, अन्यथा कानुन बमोजिम असुली गरिने 


प्रकाशित: सोमवार, ५ चैत्र २०८०, ०९ः४० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमवार एक सुचना जारी सहकारी संस्थाहरूबाट लिएको ऋण तिर्न आग्रह गरेको छ ।  


समयमै सहकारीबाट लिएको ऋण चुक्ता गर्न महानगरको सहकारी विभागले ऋणीहरुलाई सचेत गराएको हो । 


‘केही सदस्यहरुले ऋणीहरूले लिएको ऋण रकमको समयमा सावाँ तथा ब्याज भुक्तानी गर्नु पर्नेमा केही ऋणीहरुले विभिन्न बहानाबाजी गर्ने,  केहीले सहकारीको ऋण तिर्न नपर्ने जस्ता भ्रामक र गैरजिम्मेवारी अभिव्यक्तिका आधारमा ऋण चुक्ता नगर्ने गुनासाहरु आइरहेका छन ।’ जारी सुचनमा उल्ल्ेख छ । 


सहकारीको ऋण तिर्नु नपर्ने भ्रममा नबस्न आग्रह गर्दै समयमा ऋण चुक्ता नगरे महानगरको सहकारी एने २०७४ बमोजिम कार्वाही हुने चेतावनी समेत दिएको छ ।

 
सुचनमा भनिएको छ, ‘ऋणी सदस्यहरूले समयमा नै ऋण भुक्तानी नगरेमा संघीय सहकारी ऐन २०७४ को दफा ८३ र ८४, बागमती प्रदेश सहकारी ऐन २०७६ को दफा ६५ र ६६ एवं काठमाडौं महानगरपालिका सहकारी ऐन २०७४ को दफा ६१ र ६२ मा ऋणी सदस्यहरूको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न संस्था स्वयंले सम्बन्धित निकायमा लेखी पठाउन सकिने व्यवस्था गरेको छ ।’


महानगरले केही सहकारी संस्थाहरूमा तरलताको समस्याले सदस्यहरूको वचत फिर्ता गर्न नसकेको अवस्था पाइएको पनि बताएको छ ।


विभागले जुन सम्झौता वा सर्त बमोजिम ऋण लिएको हो, सोही बमोजिम ऋणको सावाँ र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तानी गरी समस्या समाधानमा सहयोग गरिदिनुहुन सम्पूर्ण ऋणी सदस्यहरूमा अनुरोध समेत गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD