काठमाडौं । नायः बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष देवनारायण खड्गीले सहकारीले सदस्यहरुमा लगानी गरेको ऋण उठाउन चुनौति देखिएको बताएको छ ।
नायः बचतको शनिवार सम्पन्न चौधौं साधारणसभा र पाँचौ अधिवेशनको अवसरमा महानगखबरडकमका पत्रकार रोशन शाक्यले सहकारी हालको अवस्था, वर्तमान र चुनौतीको विषयमा गरेको अन्तरवार्ताको क्रममा उपाध्यक्ष खड्गली सो बताएका हुन ।
उनले नायः बचतको कारोवार राम्रै अवस्था रहेको छ, सदस्यहरुले आवश्यक परेको बेला आफ्नो रकम फिर्ता पाउने वतावरण रहेको उल्लेख गरे ।
तर आफ्ना लगानी रकमहरु भने उठाउन यतिखेर चुनौती देखिएको बताउँदै सरकारको पहलकदमी भए सहकारीको संकट समाधान हुन सक्ने उनले बताए ।
भिडियोः
सहकारीको सो सभाबाट रामकृष्ण खड्गीको अध्यक्षतमा पुनः नयाँ कार्यसमिति चयन भएको छ ।
भिडियोः
नायः बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बौद्धजोरपाटीको चौधौ साधारणसभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ ।
शनिवार काठमाडौंको जोरपाटीस्थित शेर्पा पार्टी प्यालेसमा काठमाडौं क्षेत्र नं. ३ का सांसद सन्तोष चालिसेको प्रमुख आथित्यमा आयोजित साधारणसभा तथा अधिवेशनबाट रामकृष्ण खड्गी पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएको छ ।
समितिको उपाध्यक्षमा देवनारायण खड्गी, सचिव सुरेन्द्र खड्गी, कोषाध्यक्ष पृथ्वीनारायण शाही पनि निर्विरोध चयन भएका हुन ।
त्यसैगरी, सदस्यहरुमा विशेष बहादुर खड्गी, रत्नकाजी शाही र भुवनमाया शाही निर्वाचित भएका हुन ।
लेखा समितिका पदाधिकारीहरुमा संयोजक सूुर्य बहादुर शाही चयन भएका छन भने सदस्यहरुमा ज्ञानकाजी शाही र दिल वहादुर खड्गी निर्वाचित भएका छन ।
निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई कार्यक्रमका अतिथि गोकर्णेश्वर नगरपालिका वडा– ६ का अध्यक्ष नवराज लामाले प्रमाणपत्र प्रदान गरेका थिए ।
निर्वाचन समितिका संयोजक अर्जुन खतिवडा, सदस्यद्धय रामचन्द्र भण्डारी र प्रेम बहादुर खड्काको उपस्थितीमा निर्वाचन समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण गराइएको थियो ।
सो सभाले अध्यक्षको बार्षिक प्रतिवेदन २०८०/८१, कोषाध्यक्ष आर्थिक बर्ष २०८०/८१ लेखा परीक्षण, संचालक समितिले गरेका निर्णयहरुको अनुमोदन र आ.व. २०८१/०८२ का लागि लेखा परीक्षक नियुक्त र निजको पारीश्रमिक निर्धारण माइनुट प्रमाणित बहुमत ध्वनीले पारित गरेको छ ।
सो अवसरमा प्रमुख अथिती चालिसेले असल ऋणी धर्म खड्गी र असल ऋणी राकेश शाहीलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी चालिसेले केही खराब व्यक्तिहरुले गर्दा अहिले सहकारीमा संकट उत्पन्न गराएको बताउँदै राम्रोसँग नियमित सञ्चालन भएका सहकारीहरुमा कारोवार गर्न सकिने बताए ।
उनले सरकारले सहकारी अध्यादेश ल्याएकोले सहकारी ठगीहरुलाई कार्वाही गर्ने उल्लेख गरे ।
कार्यक्रमका विशेष अतिथी गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाले पनि सहकारी संस्थालाई कसरी सवल र कारोवार गर्न विश्वास योग्य बनाउने बारे चर्चा गरे ।
उपाध्यक्ष देवनारायण खड्गीले आफ्ना सहकारीका सेयर सदस्य, बचतकर्ता, ऋणी, कर्मचारीहरुलाई विशेष धन्यवाद दिए ।
खड्गीले २ बर्षसम्म ऋण प्रदान नगरेको बताउँदै अबदेखि सहकारी सदस्यहरुलाई ऋण उपलव्ध गराउने जानकारी समेत दिएका छन ।
सो अवसरमा सहकारीका कोषाध्यक्ष पृथ्वीनारायण शाहीले आर्थिक बर्ष २०८०/०८१ को आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
सहकारीका सचिव सुरेन्द्र खड्गीले स्वागत मन्तव्य व्यक्त गर्दै सहकारीको गतिविधिहरुबारे संक्षिप्त चर्चा गरेका थिए ।
कार्यक्रममा अध्यक्ष खड्गीले गोकर्णेश्वर नगरपालिकाकी उप्रमुख साननानि लामालाई मायाको चिनो प्रदान गरेका थिए ।
त्यसैगरी, अथिति नेपाल राष्ट्रिय खड्गी समाज बौद्ध जोरपाटी संयुक्त शाखाका अध्यक्ष धनभक्त खड्गी, मासु पसल तथा वधशाला व्यवस्थापन समिति अध्यक्ष हिरामान शाहीलाई पनि मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष खड्गीले बार्षिक विवरण पेश गरेका थिए ।
आ.व. २०८०/०८१को असार मसान्तसम्म पाँच करोड सत्र लाख एकासी हजार चार सय नौ रुपियाँ ऋण असुली हुन बाँकी रहेको उल्लेख गरे ।
सो आ.व.को विभिन्न शिर्षकमा सैतिस लाख २ हजार ९ सय ९३ रुपियाँ ३३ पैसा जम्मा आम्दानी भइ यसै बर्ष विभिन्न शिर्षकमा ४० लाख ६७ हजार १८ रुपिया १७ पैसा खर्च भई घटाउँदा ३ लाख ३४ हजार २४ रुपियाँ ८० पैसा नोक्सान भएको अध्यक्ष खड्गी पेश गरेको प्रतिवेदनमा उल्लेख छ ।
अध्यक्ष खड्गीले आर्थिक बर्ष २०८१/०८२ का लागि भावि कार्ययोजनाहरु समेत प्रस्तुत गरेका छन ।
उनले सहकारीको कार्य क्षेत्र विस्तार गर्ने, शेयर पुजी बृद्धि गरी २ करोड पुराउने, बचत बृद्धि गरी ७ करोड र ऋण ९ करोड पुराउने लक्ष्य रहेको बताए ।
Categorized in अन्तर्वार्ता