७ बैशाख २०८१, शुक्रबार
Header

सहकारीका ग्राहकलाई पनि एटिएम !


प्रकाशित: आईतवार, २२ फागुन २०७८, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । अब सहकारी संस्थाका ग्राहकहरुले पनि कार्ड प्रयोग गर्न पाउने भएका छन ।


आइतबार राष्ट्रिय सहकारी बैंकका सदस्य सहकारी संस्थाका ग्राहकहरूले स्मार्टच्वाइस टेक्नोलोजी (एससीटी) ले जारी गरेको एटिएम कार्ड प्रयो गर्नेका लागि स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकबीच त्रीपक्षीय सम्झौता गरेको छ ।


अब सहकारीहरुका लागि सहकारी पहिचानसहितको कुप कार्डु जारी गर्न सो सम्झौता भएको हो । 


केही समयदेखि एससीटीले १०० भन्दा बढी सहकारीहरुलाई कार्ड सेवा दिँदै आएकोमा यसलाई संस्थागत र प्रभावकारी विस्तार गर्न ुकुप कार्ड जारी गर्न लागेको जनाएको छ । 


सो अवसरमा ग्लोबल आइएमई बैंकका सीइओ रत्नराज बज्राचार्यले सहकारीमा पनि यसको पहुँच विस्तार गर्न सम्झौता महत्वपूर्ण हुने बताए ।


कार्ड पाएपछि सहकारीका सदस्यहरुले आफ्नो खाताबाट जुनसुकै बेला एटीएमबाट रकम झिक्न सक्नेछन । पीओएसबाट कुनै पनि सेवा र वस्तु खरिद गर्न सक्ने एससीटीले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD