काठमाडौं । बैतडी जिल्लाको सिगास गाउँपालिका–९ स्थ्ति श्रीभावरमा गत आईतवार ६० बर्षिया बृद्धा जसु बोहराको हत्या बारे बुहारीलाई नियन्त्रणमा लिई सोधपुछ गरेको छ ।
प्रहरीले बोहराको २१ वर्षीया बुहारी लक्ष्मीलाई लक्ष्मीलाई नियन्त्रणमा लिएको छ । बुहारी लक्ष्मीले प्रहरीको सोधपुछको क्रममा मुखमा मास्क लगाएर आएका व्यक्तिले ससुराको हत्या गरेको बताए ।
ती अपरिचित व्यक्तिको प्रहारबाट लक्ष्मीको टाउकोमा चोट लागेको छ । हाल उनको स्वास्थ्य चौकीमा उपचार गरिएको छ ।
इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीका अनुसार घटनास्थलमा पुरुषको घडी भेट्टिएको छ । घरमा ससुरा र बुहारी मात्रै रहेका बेला घटना गरिएको हो ।
लक्ष्मीले घटनाबारे आफ्ना जेठाजु धनबहादुरलाई फोन सम्पर्क गरेको खुलेको बोगटीले बताए । लक्ष्मीका श्रीमान रोजगारीको शिलशिलामा भारतमा छन ।
मृतकको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ । घटनामा संग्लनको खोजी भईरहेको र थप अनुसन्धान अगााडी बढाएको प्रहरीले बताए ।
Categorized in समाज