१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

सशस्त्र प्रहरीमा जागिर, एक हजार १७९ पद माग


प्रकाशित: शुक्रवार, १९ पुस २०८१, १०ः१० बजे
- महानगरखवर

काठमाडौं । सशस्त्र प्रहरी बलमा नयाँ जागिरको अवसर खुलेको छ । 


सशस्त्र प्रहरी बल प्रधान कार्यालयले शुक्रबार विभिन्न पदमा १ हजार १७९ जनाका लागि आवेदन आह्वान गरेको हो ।


सशस्त्रले ६८ जना प्रहरी निरीक्षक, ८३ जना प्रहरी सहायक निरीक्षक, ९४१ जना प्रहरी जवान, २० जना भान्छे, १९ जना कुचिकार, १० जना सूचिकार, २४ जना केशकर्तक र १४ जना चर्मकर्मीका लागि आवेदन आह्वान गरेको हो ।


ती ओहोदाका लागि योग्यता पुगेका र ईच्छुक नेपाली नागरिकहरूले पुस २४ गतेदेखि माघ २४ गतेसम्म  कार्यालय सशस्त्र प्रहरी बलले निर्धारण गरेको विभिन्न कार्यालयहरूमा उपस्थित भएर फाराम बुझाउनु पर्नेछ ।


आवेदन माग सुचनाः 

 

 

3 January 2025, Friday
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex