१८ बैशाख २०८१, मंगलबार
Header

सशस्त्र प्रहरीमा जागिरको अवसर, इन्स्पेक्टरदेखि मालीसम्म माग


प्रकाशित: शुक्रवार, २० शुक्रवार २०८०, १२ः४६ बजे
- महानगरखबर

काठमाडौं । सशस्त्र प्रहरीले विभिन्न पदमा नयाँ भर्नामा माग गरेको छ ।


शुक्रवार सुचना प्रकाशित गरी प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्रहरी सहायक निरीक्षक (असई) देखि माली पदमा समेत नयाँ भर्ना आव्हान गरेको हो ।  


सशस्त्र प्रहरी बलले ९९ जना इन्स्पेक्टर, ९८ जना असई, ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र तीन जना मालीका लागि दरखास्त आह्वान गरेको छ ।  


प्रकाशित सुचनामा योग्यता पुगेका इच्छुक व्यक्तिहरूले माघ १० गतेसम्म आवेदन दिन सक्नेछन । अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन ।  


प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा अनलाइन आवेदन दिएकाहरूले फागुन २ गतेभित्र र  विभिन्न ट्रेड पदमा उम्मेदवारी दिएकाहरूले माघ २४ गतेभित्र दरखास्त दिँदा तोकेको कार्यालयमा उपस्थित हुनुपर्नेछ ।


सशस्त्र प्रहरी निरीक्षक र सशस्त्र सहायक प्रहरी निरीक्षक पदहरुको हकमा दोब्बर दस्तुर बुुझाई मिति २०८०/१०/२२ देखि २०८०/१०/२८ गते कार्यालय सयममा दरखास्त दिन सक्नेछ । 


प्रकाशित सुचनाः

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD