१३ भाद्र २०८३, शनिबार
Header

सशस्त्र प्रहरीद्धारा २ हजार ४० जना प्रहरी माग, योग्यता ८ कक्षा पास


प्रकाशित: शुक्रवार, २२ भाद्र २०७५, ०९ः५५ बजे
- महानगरखबर

काठमाडौं । अर्ध शैन्य बल सशसत्र प्रहरी बल नेपालले २ हजार ४० जना प्रहरी जवान माग गरेको छ । 


प्रहरी जवान तर्फ १ हजार ९३६ जना, सशस्त्र प्रहरी परिचर अन्तर्गत ७४ जना भान्से, ८ जना कुचिकार, ८ जना सुचिकार, ४ जना चर्म कर्मी र १० जना केसकर्तक माग गरेको हो । 


योग्यता पुगेका नेपाली नागरिकले भदौ २२ गतेदेखि असोज २१ गतेसम्म सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक श्वयम्भु, नम्बर एक बाहीनी पकली सुनसरी, नम्बर दुई बाहानी बर्दिबास महोत्तरी दिन सक्नेछ ।


त्यसैगरी नम्बर चार बाहीनी पोखरा, नम्बर ६ बाहीनी बाङ्गेसिमल सुर्खेत, नम्बर ७ बाहिनी अत्तरीया कैलाली, तालिम शिक्षालय बर्दघाट र नौबस्ता बाँकेबाट पाइनेछ । 


जवानको लागि न्युनतम ८ कक्षा गरेका हुनु पर्ने, न्युनतम उमेर १८ वर्ष पुगि २१ वर्ष ननाघेको हुनु पर्नेछ । 


परिचरको हकमा भने १८ वर्ष पुरा भइ २५ वर्ष ननाघेको हुनु पर्छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex