३ भाद्र २०८३, बुधबार
Header

सशस्त्र प्रहरीका एसपी बलराम पोखरेलको जीप दुर्घट्नामा मृत्यु,  ३ जना घाईते


प्रकाशित: शनिवार, १२ माघ २०७५, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । सशस्त्र प्रहरीका एसपी बलराम पोख्रेलको बाराको पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक दुर्घटना हुँदा उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 


एसपी पोखरेल सशस्त्र प्रहरी बलको १२ नम्बर गण बारामा कार्यरत रहेका थिए । सो दुर्घट्नमा परि घाईते हुनेहरुमा बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईसहित सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव, शम्भु गुरुङ र चालक जगत पटेल रहेका छन् ।

 

 घाइते मध्ये बाराका प्रमुख जिल्ला अधिकारीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।


प्रहरीको अनुसार कर्मचारी मिलन केन्द्र बाराले निजगढस्थित शहीद हिरालाल पार्कमा आयोजना गरेको वनभोज कार्यक्रम सकिएर फर्किने क्रममा सो दुर्घट्ना भएको हो । 


रोकिराखेको एक टयाक्टरको टेलसँग  ना १ झ १६३३ नम्बर स्कारपियो जिप ठोक्किन जाँदा दुर्घटन भएको प्रहरीको भनाई छ । 


एसपी पोखरेलको शव अल्पाइन अस्पताल सिमरामा राखिएको छ भने घाईते प्रजिअ भट्टराईलाई भने थप उपचारका काठमाडौं ल्याईने भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex