११ बैशाख २०८१, मंगलबार
Header

सवारी ‘ट्रायल’ मा ६० प्रतिशत अंक ल्याए पास


प्रकाशित: मंगलवार, २८ पुष २०७७, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लागि ‘ट्रायल’मा ६० प्रतिशत अंकको प्रस्ताव गर्ने तयारी गरेको छ ।


प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा प्रयोग गरिने विभिन्न प्राविधिक ‘प्यारामिटर’लाई निश्चित अंकभर दिएर पूर्णाङ्क  (फुलमार्क) गरिने भएको छ ।  सवारीको ट्रायल परीक्षा दिँदा तोकिएको उत्तीर्णाङ्क (पासमार्क) ल्याउनुपर्ने व्यवस्था गर्न लागिएको हो ।


अहिलेको व्यवस्था अनुसार ट्रायल दिँदा एउटा मात्रै गल्ती भयो भने परीक्षामा फेल गराइन्छ तर सडकमा राम्रो सवारी चलाउन सक्नेले पनि सबै प्याराममिटर सजिलै पार गर्न नसक्ने अवस्था रहेको छ । 


अब प्रयोगात्मक परीक्षाका गाह्रो मानिने प्यारामिटरलाई बढी अंकभार दिइनेछ भने सजिला प्याराममिटरलाई कम अंकभार छुट्याइनेछ । त्यसका आधारमा पूर्णाङ्कमा कम्तिमा ६० अंक प्रतिशत ल्याउनेलाई चालक अनुमतिपत्र दिने व्यवस्था गर्न लागिएको मन्त्रालयले बताएको छ । 


अब फिगर९ड टेस्ट, न्यारो प्ल्यान्क टेस्ट, यू टर्न टेस्ट, ट्राफिक लाइट टेस्ट, स्पिट ब्रेकर टेस्ट, र्‍याम्प टेस्ट, ग्यारेज पार्किङ टेस्ट लगायतका प्यारामिटरलाई फरक–फरक अंकभर दिएर परीक्षा लिइनेछ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD