काठमाडौं । सरकरले सवारी लाईसेन्सलाई स्मार्ट प्रविधिमा लगेपछि लाइसेन्स लिन केही अप्ठेरो र समय लाग्ने देखिएको छ ।
यातायात व्यवस्था विभागले माघदेखि देशैभर अनलाईन आवेदन खुला गरेपनि सेवाग्राहीको माग अनुसार लाइसेन्स वितरण गर्न नसकेपछि कोटा प्रणाली बाट आवेदन लिने गरेको छ ।
भदौ पहिलो साता नसकिदै भदौ महिनाको कोटा प्याक भएको विभागले जनाएको छ । अव सेवाग्राहीले अर्को पटक आवेदन खुल्ने मिति कुर्नुपर्ने भएको छ ।
विभागको काठमाडौं उपत्यकामा जागती–भक्तपुर, ठूलो भर्याङ–काठमाडौं, चावहिल (सुकेधारा) –काठमाडौं, बागमती (एकान्तकुना)–ललितपुर गरि चार वटा कार्यालयहरु रहेका छन । यी चार वटै कार्यालयको A (बाईक) र K (स्कुटर) का लागि दैनिक तीन सय तथा B (कार र जीपका लागि) दुई सय छुट्याएको विभागले छुट्याउने गरेको छ ।
भदौको ४ गते हुँदा भदौ महिनाको उपत्यका लगायत देशका अधिकांश यातायात कार्यालयको कोटा प्याक भैसकेको छ ।
Categorized in समाज