काठमाडौं । नेपालमा सवारी दुर्घट्नाको कारण ३ महिनायता ५८१ जनाले ज्यान गुमाएको छ ।
शुक्रवार नेपाल प्रहरीले सार्वजनिक तथ्यांकमा सो संख्यामा मृत्यु भएको बताएको छ ।
प्रहरीको रेकर्डमा चैत्र १५ गतेदेखि असार १५ सम्म ६ हजार ४२० सवारी दुर्घटनाका घटनाहरू दर्ता भएकोमा ५८१ जनाले ज्यान गुमाएको र १ हजार ६२७ जनाको अवस्था गम्भीर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
६ हजार ७२१ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांकले जनाएको छ ।
सो तीन महिनाको अवधिमा ७ लाख ३६ हजार ४७० सवारी साधनलाई कारबाही गरिएको छ ।
सवारी दुर्घटनाको घटनाबाट प्रहरीले ५६ करोड ४६ लाख ५४ हजार २ सय रूपैयाँ राजस्व संकलन गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
Categorized in राष्ट्रिय