काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिवार कुमारी दर्शन गरेका छन ।
शनिवर दिउँसो पौडेले बसन्तपुरस्थित कुमारी घरमा गएर कुमारीको दर्शन गरेको हो ।

राष्ट्रध्यक्ष भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्परा अनुसार राष्ट्रपति पौडेल कुमारीको दर्शन गर्न पुगेका थिए ।
राष्ट्रपति पौडेलले कुमरी दर्शन गरेपछि प्रसाद ग्रहण गरी चियापान गरी निवास फर्केका थिए ।

कुमारी घरका प्रमुख गौतमरत्न शाक्य, संसद सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्य लगायतले राष्ट्रपति पौडेललाई स्वागत गरेका थिए ।
सवारीको क्रममा सडकमा कुनै जाम नगरी राष्ट्रपति पौडेल कुमारी घर पुगेका थिए । यस सवारीले अघिको सडकमा गरिने ट्राफिक परम्परालाई तोडेका छन ।

पौडेलले यस निर्वाचित हुनु अघिनै आफू राष्ट्रपति भएपछि सवारीको क्रममा सर्वसाधरणलाई हुने गरेको सास्ती नगर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Categorized in राष्ट्रिय