७ भाद्र २०८३, आइतबार
Header

सलमान खान ल्याउने भन्दै ठगी गरेको आरोपमा ओडिसी इन्टरटेनमेन्टका सञ्चालक गुरुङ पक्राउ


प्रकाशित: शुक्रबार, २९ असार २०७५, २०ः४३ बजे
- महानगरखबर

काठमाडौं । बलिउड नायक सलमान खानलाई नेपाल ल्याउने भन्दै करोडौं रकम ठगी गरेको अरोपमा ओडिसी इन्टरटेनमेन्टका सञ्चालक सिमान्त गुरुङ पक्राउलाई प्रहरीले लाजिम्पाटमा पक्राउ गरेको छ ।

 
प्रहरीले गुरूङलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको हो । उनलाई टिकटको पैसा फिर्ता नगरेको, साझेदारसँग सल्लाह नगरेर रकम दुरुपयोग गरेको लगायतका उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 


सिमान्तले ‘दबङ द टुर’ का लागि ३ हजारदेखि २० हजारसम्मको टिकट बिक्री गरेपछि विप्लव माओवादी कारण कार्यक्रम स्थगीत भएको जनाएको थियो । पछिल्लो समय कार्यक्रम गर्ने भनेर विभिन्न सयममा मिति तोके पनि कार्यक्रम गर्न सकिरहेको थिएन ।

 
कार्यक्रममा सलमानसँगै नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भांगडा डान्सर ‘मिड बोस’ पनि आउने कार्यक्रम रहेको सिमान्तले बताउँदै आएका थिए । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex