१४ बैशाख २०८१, शुक्रबार
Header

सलमानले लिने पारिश्रमिक महंगो नभएको आयोजकको भनाई


प्रकाशित: विहिवार, १ बैशाख २०७९, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । बलिउड चर्चित अभिनेता सलमान खानको ‘द ब्याङ टुर रिलोडेड’ कार्यक्रमका तयारी बारे जानकारी लिन सोहेल खान काठमाडौं आएका छन । 


विहिवार कार्यक्रमका आयोजक ओडीसी इन्टरटेनमेन्टले गरेको पत्रकार सम्मेलनमा उपस्थित सोहेलले कार्यक्रममा सुरक्षा व्यवस्थामा स्थानीय प्रशासनले विशेष ध्यान दिन आग्रह गरे । 


उनले कार्यक्रममा बढी भन्दा बढि सहभागी उपस्थित भई कार्यक्रम सफल बनाई दिन समेत भने । नेपालको पर्यटन प्रवद्र्धनका लागि पनि कार्यक्रमले सहयोग पुगोस भन्ने आफ्नो चाहना रहेको पनि बताए । 


काठमाडौंको दशरथ रंगशालामा आगामी जेठ १४ गते बलिउड अभिनेता सलमान आउने भएका छन । कार्यक्रममा २५ देखि ३५ हजार दर्शक उपस्थित हुने अपेक्षा रहेको आयोजक ओडीसी इन्टरटेनमेन्टले जानकारी दिए ।


पत्रकार सम्मेलनमा आयोजक ओडीसी इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सीमान्त गुरुङले कार्यक्रमका लागि ५ हजार, १० हजार र २५ हजार रुपैयाँको टिकट दर तोकिएको बताए । 


उनले सलमान खानले लिने पारिश्रमिक महंगो भएको हल्ला भएपनि यो रकम ठुलो नभएको बताए । खानले विग बोसको एक कार्यक्रमको लागि १२ करोड भारु रकम लिने गरेको उनले बताए । 


सलमानले ‘द ब्याङ टुर रिलोडेड’का लागि ४ करोड ८० लाख रुपैयाँ लिएको जनाइएको छ ।


नेपालको पर्यटन प्रवद्र्धन सँगै विदेश कलाकार ल्याएर कार्यक्रम गर्ने अभ्यासका सुरुवात पनि हो । यसलाई सहज लिनु पर्ने तथा कार्यक्रमको व्यापक प्रचार गरी मिडियाले सहयोग गरिदिन आग्रह समेत गरे । 


कार्यक्रमका लागि बिहान ११ बजेदेखि रंगशालाको गेट खुला गरिनेछ । दिउँसो १२ बजेदेखि डीजे सेसन सुरु गरिने र त्यसपछि नेपाली कलाकारहरुले सांगीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ । 


कार्यक्रमका लागि सलमानसहितको टिम तीन दिन नेपालमा बस्नेछ । कार्यक्रममा भारतीय कलाकारहरु ज्याकलिन फर्नान्डेज, सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पौल, गुरु रान्धावा र आयुष शर्माको पनि सहभागिता रहनेछ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD