८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

सर्वोच्च र जिल्ला अदालतले दिए प्रहरीमा जाहेरी


प्रकाशित: मंगलवार, १८ कात्तिक २०८२, १५ः४० बजे
- महानगरखबर

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनी घटनाको अनुसन्धान गर्न सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका छन ।


अदालतका तर्फबाट जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा जाहेरी दर्ता गरिएको परिसरका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए ।


जाहेरीपछि प्रहरीले अदालतमा तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूको खोजी सुरु गरेको जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्नहरूको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन टोली परिचालन गरिएको छ ।


गत २३ र २४ भदौमा जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा ठूलो क्षति पुगेको थियो। आगजनीका कारण अदालतका महत्त्वपूर्ण कागजातहरू समेत जलेर नष्ट भएका थिए ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex