१८ बैशाख २०८१, मंगलबार
Header

सर्वोच्च अदालत परिसरबाट हतियारसहित २ व्यक्ति पक्राउ


प्रकाशित: सोमवार, ५ चैत्र २०८०, १६ः३० बजे 
- महानगरखवर

काठमाडौं । प्रहरीले सर्वोच्च अदालत परिसरबाट ३ व्यक्तिलाई हतियारसहित पक्राउ गरेको छ । 


जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका व्यक्ति मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडिगार्ड हुन ।


पक्राउ पर्नेमा बडिगार्डहरू दीपक खड्का र रामकुमार धिमाल भएको प्रहरीले जनाएको छ । 


प्रहरीले उनीहरुलाई बिहान पौने ११ बजे दुर्गा प्रसाईंको मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालत प्रवेश गर्नेक्रममा बन्दुकसहित पक्राउ गरेको हो ।  


उनीहरुको साथबाट एउटा, सानो दुई वटा म्यागजिन, दुई वटा ठूलो म्यागजिन, एउटा म्यागजिन होल्डर, १०० राउण्ड गोली पनि बरामद भएको छ ।


बरामद भएको हतियार जिल्ला प्रशासन कार्यालय झापाबाट इजाजत प्राप्त भएका समेत प्रहरीको भनाई छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD