२१ बैशाख २०८१, शुक्रबार
Header

सर्वोच्चले सरकारसँग रिगललाई आममाफी दिनुको कारण मागे


प्रकाशित: विहिवार, १८ असोज २०८०, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । सर्वाेच्च अदालतले सर्वस्वसहित जन्मकैदको सजाय पाएका नेपालगञ्जका रिगल भन्ने योगराज ढकाललाई आममाफी दिनु पर्ने कारणसहित लिखित जवाफ माग गरेको छ । 


विहिवार न्यायाधीश मनोजकुमार शर्माको इजलासले भारती मानन्धरद्धारा दायर रिटमा लिखित कारण माग गर्दै सात दिनभित्र पेस गर्न अदालतले आदेश दिएको हो ।  

 
रिगललाई मन्त्रिपरिषदको सिफारिसमा  संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सजाय माफी दिएका थिए ।

 
अदालतले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँकेलगायतलाई लिखित जवाफ पेस गर्न र पीडित परिवारको सुरक्षा व्यवस्था गर्न आदेश दिएको हो ।


तरुण दल बाँके–३ का तत्कालीन सभापतिसमेत रहेका रिगलले २०७२ असार २८ अपराह्न ३ बजे मानन्धरमाथि सुर्खेत रोडस्थित एक होटलमा खुँडा प्रहार गरी हत्या गरेका थिए । 


हत्या अभियोगमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ मा रिगललाई हत्याका मुख्य योजनाकारका रूपमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।


साविक मुलुकी ऐन २०२० अनुसार उनी २० वर्ष कैद बस्नुपर्ने हो, गत असोज २ सम्म उनी कैद बसेको अवधि ८ वर्ष पुग्दै थियो । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD