१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

सर्वोच्चद्वारा अजय सुमार्गीको पैसाको स्रोत खोज्न आदेश 


प्रकाशित: मंगलवार, १४ जेठ २०७६, १९ः४० बजे
- महानगरखवर

काठमाडौं । सर्वोच्च अदालतले अजय सुमार्गीको पैसाको स्रोत खोज्न आदेश जारी गरेको छ । 


सुमार्गीले सुमार्गीले मुक्तिश्री सिमेन्ट इण्डस्ट्रिजका नाममा ल्याएको ७५ मिलियन अमेरिकी डलर (करिब ८० करोड नेपाली रुपैयाँ) को स्रोत खोज्न आदेश जारी गरेको हो । 


सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले सुमार्गीको विपक्षमा अन्तिम फैसला सुनाउँदै सो पैसाको स्रोत पत्ता लगाउने राष्ट्र बैंकलाई आदेश दिएको छ । 


यस अघि इन्भेस्टमेन्ट बैंकमा रहेको उक्त रकम नरोक्न अन्तरिम आदेशको माग गर्दै सुमार्गी सर्वोच्चमा पुगेपछि तत्कालीन न्यायाधीश दीपकराज जोशीले १० पुस २०७५ मा रीटको सुनुवाई गर्दै रकम तत्काल नरोक्न आदेश दिएको थियो । 


आदेश लगत्तै सुमार्गीले ईन्भेष्टमेन्ट बैंकबाट ५५ करोड रुपियाँ विभिन्न बैंकमा सारेका थिए । 


सर्वोच्चले रकमको स्रोत खोज्न र सम्पत्ति शुद्धीकरण ऐनको उलंघन भएको हो वा होइन हेर्न यकीन गर्न राष्ट्र बैंकलाई आदेश दिएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex