६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सर्वोच्चद्धारा जग्गाको कित्ताकाटमा रोक आदेश


प्रकाशित: मंगलवार, २३ मंसिर २०७७, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । सर्वोच्च अदालतले जग्गाको कित्ताकटमा रोक लगाएको छ ।


मंगलवार सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले जग्गा कित्ताकट रोक्ने अन्तिम फैसला सुनाएको हो । 


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गरेको जग्गा कित्ताकाट फुकुवाको निर्णयलाई बदर गरिदिएको हो । 


सरकारले जग्गा कित्ताकाट फुकुवा गरेपछि अधिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले भूमि व्यवस्था तथा गरिबी निवारण मन्‍त्रालयलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए । 


मन्त्री अर्यालले गत १८ भदौमा २०७४ को निर्णय बदर गर्दै कित्ताकाट फुकुवा गरेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex