१६ चैत्र २०८०, शुक्रबार
Header

सर्वोच्चको फैसलाः प्रतिनिधिसभा पुर्नस्थापन, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश


प्रकाशित: सोमवार, २८ असार २०७८, १४ः१० बजे
- महानगरखवर

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने फैसला गरेको छ । 


अदालतको फैसालासँगै संवैधानिक इजालसले संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश समेत जारी गरेको छ ।


सर्वोच्चले सोमवार जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापना गरेको फैसला सुनाएको हो । देउवालाई मंगलवार २९ गते साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न भनिएको छ । 


सर्वोच्चले संविधानको धारा ७५(४) को प्रक्रियामा नगएकाले केपी शर्मा ओलीले ७५(५) अनुसार गरेको दाबी संविधानसम्वत नभएको बताएको छ ।


राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका थिए ।


यस अघि प्रम ओलीले साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आफूविरुद्ध घेराबन्दी भएको भन्दै ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटन गरेका थिए ।


अदालतले उक्त कदम असंवैधानिक भन्दै सर्वोच्च अदालतले ११ फागुन २०७७ मा प्रतिनिधिसभा ब्युँताइदिएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD