२१ बैशाख २०८१, शुक्रबार
Header

सर्वोच्चको आदेश पछि रिगल प्रहरी नियन्त्रणमा (फैसलाको पूर्णपाठ)


प्रकाशित: विहिवार, १६ कातिक २०८०, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । सर्वोच्च अदालतले विहिवार बाँकेका योगराज ढकाल (रिगल) विरुद्धको फैसलमा थुनामा पठाउन आदेश दिए लगत्तै रिगललाई प्रहरीले नियन्त्रणमा लिएका छन ।

 
सर्वोच्चको आदेश लगत्तै प्रहरीले नेपालगञ्जको सेतुविक चोकमा रिगललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

 
असोज ३ गते संविधान विदवसको अवसरमा जन्मकैद सजाय भुक्तान गरिरहेको रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाह गरेपछि पीडित भारती मानन्धरले बाँकी कैद मिनाहा गर्ने निर्णयविरुद्ध गत असोज २२ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । 


सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा.कुमार चुडालको इजलासले राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय उत्प्रेषणको आदेशले बदर गरेको छ । सो विरुद्ध गरेको रिटको फैसला भएपछि अदालतले रिगललाई पुनः थुनामा पठाउन आदेश गरेको छ । 


इजलासले रिगललाई बाँकी कैद माफी दिने निर्णय ‘अपराध पीडितको हक प्रतिकुल देखिएको’ भनेको छ । साथै उनलाई तत्काल थुनामा पठाउन सरकारका नाममा परमादेश पनि जारी गरेको छ ।


चेतन मानन्धर हत्याको आरोपमा रिगललाई अदालतले जन्मकैदको फैसला गरेको थियो । रिगलले विसं २०७२ असार २८ गते नेपालगन्जको धम्बोझीचोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए ।


मुद्दा हाल सर्वोच्च अदालतमा पुनरावेदनकै क्रममा रहेकाले यसमा कैद छुट तथा मिनाहा दिन नमिल्ने भनेको छ । त्यस्तै रिगलको कैद मिनाहा गर्नुको उचित कारण पनि सरकारले उल्लेख नगरेको सर्वोच्चको ठहर छ ।


सर्वोच्चले रिगलले ११ वर्ष, ११ महिना ५ दिन कैद भुक्तान गर्नुपर्ने देखिएको भन्दै त्यति कैद असुल्न पनि आदेश दिएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD