८ बैशाख २०८१, शनिबार
Header

सर्वोच्चको आदेशपछि गभर्नर अधिकारीलाई काम गर्ने बाटो खुल्यो


प्रकाशित: मंगलवार, ६ बैशाख २०७८, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बैंकमा काममा फर्कने बाटो खुलेको छ । 


मंगलवार अदालतले निलम्बनमा परेका अधिकारीलाई काम गर्नबाट नरोक्न अन्तरिम आदेश दिएको थियो । यस अघि विभिन्न आरोप लगाउँदै गरकारले जाँचबुझ समिति बनाएपछि गभर्नर अघिकारीले सर्वोच्चमा सरकारविरुद्ध रिट दायर गरेका थिए । 


अर्थमन्त्री जनार्दन शर्माले सरकारलाई असहयोग गरेकोसहित विभिन्न गम्भीर आरोपहरु लगाएर गभर्नरको निलम्बन गराएका थिए ।


न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले वैशाख १३ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD