४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

सर्वोच्चको आदेशः स्थानीय तहका जनप्रतिनिधिले उम्मेदारी दिँदा राजीनामा दिनुपर्ने प्रवाधान कार्यन्वन नगर्नु


प्रकाशित: मंगलवार, ८ चैत्र २०७८, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । सर्वोच्च अदालतले मंगलवार स्थानीय तहका जनप्रतिनिधिले पुनः उम्मेदावरी दिँदा राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिता तत्कालन कार्यन्वयन नगर्न आदेश दिएको छ । 


न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो । इजलासले चैत १३ गते दुवै पक्षको छलफल पनि डाकेको छ । 


सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आईतवार आचारसंहिताको ‘फेरि उम्मेदवार बन्न स्थानीय तहका बहालवाला जनप्रतिनिधिले अगावै राजीनामा दिनुपर्ने’ प्रावधान बदर गर्न माग गर्दै आइतबार रिट दिएका थिए । 


सोमबार उक्त रिट दर्ता भएको थियो । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ को लागि चैत ३ गते आचारसंहिता सार्वजनिक गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika