काठमाडौं । पछिल्लो तथ्यांक अनुसार सर्वसाधरणले बचत गर्ने बैंकहरु मध्ये राष्ट्रिय बाणिज्य बैंक (आरबिबी)मा सबैभन्दा बढि पैसा रहेको छ ।
२८ बाणिज्य बैंकहरुमा सबैभन्दा बढि बचत खातामा पैसा राष्ट्रिय बाणिज्य बैंक (आरबिबी) मा देखिएको छ । यो बैंकमा सर्वसाधारणको बचतको हिस्स बढि देखिएको हो ।
भदौसम्मको तथ्यांकमा राष्ट्रिय बाणिज्य बैंकपछि नेपाल बैंकसँग सर्वसाधारणको निक्षेप बढि छ ।
त्यसैगरी निजी क्षेत्रको बैंकमा प्रभुसँग सबैभन्दा बढि बचत खातामा पैसा छ । मुद्दति निक्षेपममा भने सिटिजन्स बैंकसँग धेरै पैसा छ । बैंकसँग ६६ प्रतिशत पैसा मुद्दतिमा छ । यसपछि सनराइजसँग छ । बैंकसँग ५८ प्रतिशत छ ।
Categorized in बैंक