११ आषाढ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

सर्वसाधरणको निक्षेप बैंकमा सुरक्षित छः राष्ट्र बैंक


प्रकाशित: मंगलवार, ८ फागुन २०८०, २१ः२० बजे
- महानगरखबर

कठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेको सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको जनाएको छ ।


बैंकले मंगलवार एक विज्ञप्ती जारी गरी बैंक तथा वित्तिय संचालनको अवस्था बैंकिक क्षेत्र सक्षम र सबल रहेको जनाएको हो । 


विज्ञप्ती भनिएको छ,‘यस बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको व्यहोरा अनुरोध छ ।’ 


पछिल्लो समय कतिपय व्यक्ति तथा समूहले निश्चित बैंकहरू तोकेर भ्रामक प्रचार गरेको भन्दै राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण समेत जनाएको छ । 


बजारमा हल्ला बढेपछि अहिले कतिपय बैंकहरूमा निक्षेप झिक्नेहरूको भीड बढ्न थालेपछि बैंकले विज्ञप्ती जारी गरी सर्वसाधरणलाई बैंकको अवस्थाबारे सुचित गराएको हो । 


राष्ट्र बैंकले नियमन गरेका वाणिज्य बैंक, विकास बैंक तथा वित्त संस्थाहरूमा कुनै प्रकारको समस्या नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ। 


कुनै बैंक तथा वित्तीय संस्थामा यी परिसूचकहरू तथा कर्जा, संस्थागत सुशासन लगायतका अन्य विषयमा कुनै समस्या देखिएमा यस बैंकले समय–समयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आइरहेको छ,जारी विज्ञप्तिमा भनिएको छ।


साथै बैंकिङ जस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न समेत राष्ट्र बैंकले अनुरोध गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex