४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

सर्लाहीमा अज्ञात समूहद्धारा युवकको गोली हानी हत्या


प्रकाशित: आईतबार, १९ फागुन २०७५, १०ः२० बजे
- महानगरखबर

काठमाडौं । अज्ञात समूहले सर्लाही सदरमुकाम मलङ्गवामा गए राति एक युवकको गोली हानी हत्या गरेको छ ।


गोली लागेर मलङ्गवा नगरपालिका–८ का ३१ वर्षीय मनोज यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 


मलङ्गवा नगरपालिका–८ शीतभण्डार नजिक सडक छेउमा गोली हानी हत्या गरिएको अवस्थामा यादवको शव देखेर आईतबार बिहान स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए । 


प्रहरीले घटनामा संलग्नको खोजी तीव्र पारिएको जनाएको छ । 


मृतकको मोबाइलसमेत साथमै भेटिएकोले अभियुक्त पहिचान गर्न सहज हुने प्रहरीले बताएका छन । घटनास्थलमा गोलीको खोका पाँच थान र प्रयोग नभएको एक थान गोली फेला परेको छ । 


गए राति ९ बजे मृतक यादव घरमा भएको बेला एक व्यक्तिले फोन गरेर बोलाएपछि दाई घरबाट निस्केको मृतकका बहिनीले जनाएकी छिन । 


सो घट्नबाट स्थानीयवासी अहिले त्रसित बनेका छन । उनको हत्या कसले र किन गरेको बारे अनुसन्धानपछि थाहा हुने प्रहरीको भनाई छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex